images

शुक्रवार, बैशाख १४ गते २०८१

‘मलिलो माटो’ उपन्यासको लोकार्पण

‘मलिलो माटो’ उपन्यासको लोकार्पण

images
images
images
आइतवार, फाल्गुण ८ २०७८
आइतवार, फाल्गुण ८ २०७८
  • ‘मलिलो माटो’ उपन्यासको लोकार्पण

    बुटवल, ८ फागुन ।
    लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा साहित्यकार सपना आचार्यद्वारा लिखित मलिलो माटो उपन्यासको लोकार्पण भएको छ । उक्त उपन्यासको लोकार्पण नेपाली फिल्म जगत्का महानायक राजेश हमाल र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले संयुक्त रूपमा गरेका छन् ।

    images

    नारीलाई प्रकृतिसँग र प्रकृतिलाई नारीसँग सादृश्य गरी नारी तथा प्रकृति सृष्टिका संवाहक हुन् तर नारी र प्रकृतिको उपभोग मात्रै गरिएको र त्यसको भित्री मर्म, वेदना एवं समस्याको समाधान नभएको बरु नारी परिस्थितिको दास बन्न बाध्य भएको कुरालाई कृतिमा प्रस्तुत गरिएको छ ।

    कृतिमाथि टिप्पणी गर्दै अधिकारकर्मी मीनाक्षी न्यौपाने र इन्दिरा आचार्यले कृतिले नारी र प्रकृतिका विशेषता, विवशता अनि जीवनावस्थालाई उल्लेख गरेको बताए । त्यसैगरी डा. रवीन्द्र समीरले मलिलो माटो उपन्यास सर्जकको पहिलो कृति भए पनि धर्ती र महिलाको दर्शनमा आधारित भएकाले पठनीय रहेको बताए ।

    कार्यक्रममा तिलोत्तममा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले मलिलो माटो उपन्यासले समाजमा महिलाको अवस्थालाई प्रस्तुत गरेको बताउँदै निरन्तरको मिहिनेत र अध्ययनशीलताले लेखकलाई सफल बनाउने बताए ।

    त्यसै गरी महानायक राजेश हमालले कृतिले प्रकृति र नारीको भूमिकासहित नारी र प्रकृतिले भोग्नुपरेका परिस्थितिजन्य अन्योलता र विवशतालाई प्रस्तुत गरेको बताउँदै कृति सफलताको शुभकामना दिए ।

    लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा स्वागत मन्तव्य, महानायक राजेश हमालको प्रमुख आतिथ्यता, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेको विशिष्ट आतिथ्यता, डा. रवीन्द्र समीर लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्दिरा अर्यालले गरेकी थिइन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij