२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

संबिधान बिपरित एमसीसीलाई सदनमा पारित गर्नु हुँदैन : पूर्वप्रधानमन्त्री खनाल

आइतवार , फाल्गुण ८, २०७८

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताएका छन् । 

शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले करार सम्झौताहरुलाई दुनियाँको कुनैपनि संसदमा लगेर अनुमोदन गर्ने परम्परा नरहेको भन्दै एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताएका हुन् । उनले संविधान बिपरित एमसीसीलाई सदनमा पारित गर्न नहुने बताए । उनले एमसीसीका बहानामा नेपाललाई ट्रयापमा पर्ने काम गरिएको धारणा राखे ।

त्यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले आउँदो संसद् बैठकबाट एमसीसीबारे छलफल हुने बताए ।  उनले प्रक्रियाअनुसार परियोजना अनुमोदनका लागि अघि बढ्ने उल्लेख गरे ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसी अनुमोदन गर्ने पक्षमा आफूहरू नरहेको बताए । अहिले एमसीसी संसदमा टेबल भएको भए पनि पास गर्ने पक्षमा भने आफूहरू नरहेको उनको भनाई छ ।  

केहि दलहरुको बिरोधकाबीच आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएको हो ।