२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

राप्रपाद्वारा मायादेवी–१ का वडाअध्यक्षलाई पार्टीबाट निष्काशन

सोमवार , फाल्गुण ९, २०७८

भैरहवा, ९ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यालय रुपन्देहीले मायादेवी गाउँपालिका वडा नम्बर १ बाट निर्वाचित वडाअध्यक्ष पल्टु लोधलाई पार्टीबाट निष्काशन गरेको छ । केही वर्षदेखि पार्टी विरोधी क्रियाकलापमा संलग्न भइ पार्टीलाई आँच पुर्याउने खालको गतिविधिमा संलग्न भएकाले वडाअध्यक्ष लोधलाई कारवाही गरिएको राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले बताए । 

‘वडाअध्यक्ष लोधलाई सचेत गराउँदा समेत अटेर गरेको पाइएकाले राप्रपा मायादेवी गाउँ कार्यसमितिको अनुशासन समितिको सिफारिसमा फागुन ९ गतेदखि लागु हुने गरी पार्टी विधान अनुसार साधारण समेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको छ, ’अध्यक्ष राणाले भने ।

गत २०७४ सालको स्थानीय तह निर्वाचनमा लोध राप्रपाबाट मायादेवी–१ को वडाअध्यक्षमा निर्वाचित भएका थिए ।