पेशागत चोरहरुको अगाडि उभिएर कसैले पनि उनीहरुलाई चोर औंला देखाउने हिम्मत कसैले गर्न सकेको थिएन । चोरले गर्दा नै संसार चलेको धाक समेत लगाइरहेका लगाइरहेका हुन्थे । चोरहरु बिना संसारको परिकल्पना समेत गर्न नसकिने फुई लगाई रहन्थे।
कहिलेकाही त्यही चोरलाई छोपीहाले पनि माछाझैं फुट्ट फुस्की हाल्ने भएपछि त घुर्की फुर्ति लगाइहाल्थे।
लौ ! ठूलो माछा छोपेर देखाउ ! भनेर चुनौतीदिइरहन्थे। चुनौती नै चुनौतीको बीचमा धेरै वर्षदेखि दरबारको ढुकुटी चोरी रहने चोरहरुलाई समाउन सकिरहेको थिएनन्। तर एक दिन जनताहरुले योजना बनाएर चोरहरुमध्ये केहीलाई झाप्प समाउन सफलभए ।
जनअदालत– लौ भन तँहरु को को थिईस ?
भोडे चोर – हजुर हामी मात्रै थिएनौ हजुर ।
जनअदालत – भन ! को को थिइस ।
धेरै बेरसम्म तै चुप मै चुप......।
जनअदालत – यसलाई कालोमोसोले पुगेन, खुर्सानी दल्नुपर्याे ।
टोपीधारी चोर फ्याट्ट बोल्यो –मैले चोरेको होइन हजुर म त दरबारको गेटमा बसेर कसैले देख्छ किभनेर हेर्न बसेको मात्र हो हजुर !
टाईवालाचोर – हजुर म त पढेलेखेको मान्छे त्यस्ताचोर्ने कामको कुरा कल्पनै नगर्नुस । मैले हिसाब बाड्फाड मात्रगर्ने हुँ । अर्को चोर पनि बाठो हुँदै भन्यो – मैले त हजुर ढिकुटी फोड्ने हतियार मात्र दिएको हुँ कहाँ चोरेको हुँ र ?
जनअदालतमा बयान झुठो ठहरीयो । सबैखाले माछा सधै फुट्की रह्यो ।