२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

स्काउटिङ्गका जन्मदाता बेर्डन पावेल र ओलेभ बेर्डन पावेलको जन्मदिन मनाइयो

बुधवार , फाल्गुण ११, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, ११ फागुन ।
    स्काउटिङ्गका जन्मदाता बेर्डन पावेल र ओलेभ बेर्डन पावेलको जन्मदिन भैरहवामा मनाइएको छ । स्थानीय स्काउट समिति सिद्धार्थनगर, रुपन्देही लुम्बिनी रोभर रेन्जर स्काउट क्रिउको आयोजनामा मंगलबार भैरहवा नमुना मा.वि.मा एक कार्यक्रम गरी मनाइएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्थानीय स्काउट समिति सिद्धार्थनगरका वरिष्ठ सल्लाहकार, पूर्व जिल्ला आयुक्त तथा भैरहवा नमुना क्याम्पसका अध्यक्ष आनन्द प्रसाद गुप्ताले स्काउट प्रत्येक विद्यालयमा सञ्चालन हुनुपर्ने बताए । त्यस्तै सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले स्काउटको भूमिका महत्वपूर्ण रहेको बताए । 

    कार्यक्रममा भैरहवा नमुना मा.वि.का प्राचार्य चुन्न प्रसाद पाण्डे, स्काउटका लुम्बिनी प्रदेश सदस्य खुमाकान्त अधिकारी लगायतले स्काउटको महत्वको बारेमा भनाइ राखेका थिए ।

    स्थानीय स्काउट समिति सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष सरोज खातीको अध्यक्षता, अजय थकालीको स्वागत तथा अनिता श्रीपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा अधिकृत जाहनवी पाण्डे, भैरहवा नमुना मा.वि.का शिक्षक  सुनिल कुमार कर्ण लगायतको उपस्थिति रहेको थियो । 

    कार्यक्रममा कोभिड–१९ महामारीमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रममा सहभागि हुने स्काउटका प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरिएको स्थानीय स्काउट समिति सिद्धार्थनगरका अध्यक्ष सरोज खातीले बताए ।