२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

बिहिवार , फाल्गुण १२, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौँ, १२ फागुन।  राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ।

    आयोगका प्रवक्ता डा.टीकाराम भट्टराइद्वारा आज यहाँ जारी  प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र  शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ।

    विज्ञप्तिमा भनिएको छ, “आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपुर्‍याउन, विरोध प्रदर्शन गर्दा संयमित हुन तथा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको उपभोगमा अवरोध नपुर्‍याउन आयोग विरोध प्रदर्शनमा उत्रिएका राजनीतिक दल, राजनीतिक दलका भातृ सङ्गठन तथा सर्वसाधारणलाई आग्रह गरेको छ।”  रासस