२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

प्रतिनिधि सभाको बैठक स्थगित

बिहिवार , फाल्गुण १२, २०७८

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधि सभा बैठक भोलिसम्म स्थगित भएको हो । 

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको छ। 

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग सहमति गर्न भोलिसम्मको समय मागेपछि सभामुख अग्नि सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।