२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

जनमुक्ति पार्टीद्वारा एमसीसीविरुद्ध भैरहवामा खबरदारी सभा

बिहिवार , फाल्गुण १२, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, १२ फागुन ।
    राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही जिल्ला समितिले बिहीबार भैरहवामा एमसीसीविरुद्ध खबरदारी सभा गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडी प्रदर्शनसहित खबरदारीसभा गरिएको पार्टीका लुम्बिनी प्रदेश सञ्चार विभाग प्रमुख रोशन अस्लामीले बताए ।

    राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समिति र तिलोत्तमा नगर समितिको व्यवस्थापनमा भएको कार्यक्रममा सहभागि नेता कार्यकर्ताहरुले राष्ट्रघाती सम्झौता खारेज गर, एमसीसी चाहिदैन देश बेच्न पाइँदैन लगायतका नारा लगाएका थिए ।

    सभालाई सम्बोधन गर्दै पार्टीका संघीय परिषद सचिव मोजीब अलीले एमसीसी जस्तो राष्ट्रियघाती सम्झौता खारेज गर्नुपर्ने बताए । 
    त्यस्तै पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, जनमुक्ति युवा संघका केन्द्रीय सचिव डी.बी. थापा, लुम्बिनी प्रदेश सञ्चार विभाग प्रमुख रोशन अस्लामी, सिद्धार्थनगर उपाध्यक्ष रेखा प्रसाद चौधरी लगायतले बोल्दै एमसीसी सम्झौता नेपालको हितमा हुनै नसक्ने दावी गरे ।

    पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रेम थापाको अध्यक्षता तथा सहसचिव यानु पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।