२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

रोहिणीमा निःशुल्क आँखा शिविर

बिहिवार , फाल्गुण १२, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, १२ फागुन ।
    रुपन्देहीको रोहिणी गाउँपालिकामा बिहीबार एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको आयोजना तथा रोहिणी गाउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्रमा शिविर भएको हो ।

    शिविर ३८० जनाको आँखा परीक्षण गरिएको श्री रण अम्बिका शाह आँखा अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले बताए ।

    शिविरमा मोतीयाबिन्दुको समस्या देखिएका १२० जना बिरामीको निःशुल्क आँखाको शल्यक्रिया (अपरेशन) का लागि भैरहवा रिफर गरिएको कार्यक्रम संयोजक संजीव अधिकारीले बताए । शल्यक्रिया शुक्रबार र शनिबार गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।