
बिहिवार , फाल्गुण १२, २०७८
काठमाडौं, १२ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न ७ विभागको प्रमुख मनोनयन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुरूप विभिन्न व्यक्तिलाई विभाग प्रमुखको जिम्मेवारी दिएका हुन् ।
महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय, प्रवक्ता मोहन श्रेष्ठलाई प्रचार, प्रवक्ता गोपाल दाहाललाई सम्पर्क समाज समन्वय प्रवक्ता, ज्ञानेन्द्र शाहीलाई सुशासन विभागको प्रमुखमा मनोनयन गरिएको छ ।
केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास, लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको राप्रपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij