२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

संगठन विस्तार तथा पार्टी प्रवेशलाई तीव्रता दिदै राप्रपा

शुक्रवार , फाल्गुण १३, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १३ फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर–९ ले संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएको छ । राप्रपा सिद्धार्थनगर–९ इकाई समितिले दुमदुमवामा आयोजना गरेको कार्यक्रममा बाडु थारुको संयोजकत्वमा २१ सदस्यीय टोल समिति गठन गरिएको छ ।

    सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १०२ जना युवा तथा महिला राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा निर्वाचन परिचालन समिति जिल्ला संयोजक अजय कुमार गुप्ताले बताए ।

    कार्यक्रममा जिल्ला युवक संगठनका अध्यक्ष शंकर खत्री, स्थानीय वरिष्ठ नेता सलाउद्दीन पठान, नसरुद्दीन पठान, कृष्ण अर्याल, प्रभात ज्ञवाली, गंगाराम बरई, समिम खान, बुद्धि सागर तेली, गौरीशंकर यादव, मथुरा यादवको उपस्थिति रहेको थियो ।

    त्यस्तै सिद्धार्थनगर–९ मा राजकुमार कहारको संयोजकत्वमा ७ सदस्यीय गोनहिया महिला टोल गठन गरिएको छ । कार्यक्रममा नगर महिला संगठन संयोजक सुमित्रा वि.क. लोहनी, उपाध्यक्ष संगिता गुरुङ, सचिव अर्पना मल्ल, राप्रपा सिद्धार्थनगरका अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, उपाध्यक्ष तारा गुरुङ, सचिव प्रकाश ढाडी लगायतको उपस्थिति रहेको थियो ।

    274129425_1038872993364616_9009004564721536366_n.jpg