२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

न्यू भिजनमा फूड फेस्टिभल : विद्यार्थीले पकाए, अभिभावकले खाए

शुक्रवार , फाल्गुण १३, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, १३ फागुन । 
    रम्भादेवी ग्रुप अफ अर्गनाइजेशनद्वारा सञ्चालित बुटवल–१२ तामनगरस्थित न्यू भिजन सेकेण्डरी स्कूलमा फूड फेस्टिभल सम्पन्न भएको छ । अर्धवार्षिक परीक्षाको नतीजा सार्वजनिक कार्यक्रमका अवसरमा शुक्रबार विद्यालय प्रांगणमा फूड फेस्टिभलको आयोजना गरिएको विद्यालयका सह–प्राचार्य कमल खनालले बताए ।

    कक्षा ११ र १२ का होटल म्यानेजमेण्टका विद्यार्थीको आयोजनामा सम्पन्न फूड फेस्टिभलमा कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको र उनीहरुद्वारा तयार गरिएको परिकार अभिभाभवक तथा शिक्षकहरुले उपभोग गरेको होटल म्यानेजमेण्टका शिक्षक सुरज पौडेलले जनाए ।

    फेस्टिभलमा विद्यार्थीहरुले परम्परागत नेपाली, नेवारी, कन्टिनेन्टल, चाइनिज लगायतका परिकारहरु तयार गरेको विद्याथीहरुमध्येका सिनियर सेफ मनोज रायमाझीले बताए । फेस्टिभलमा १ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको बताउँदै उत्साहजनक तवरले फेस्टिभल सम्पन्न भएको विद्यालयका प्राचार्य केशव श्रीषले बताए ।

    रम्भादेवी गु्रप अफ अर्गनाइजेशनका प्रबन्ध निर्देशक मनोज कुमार बस्नेत फेस्टिभलको उद्घाटन गर्दै विद्यार्थीहरुले प्रयोगात्मक तथा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । उनले भने ‘अहिले हस्पिटालिटी क्षेत्र सम्मानजनक र आकर्षक क्षेत्रका रुपमा अगाडि बढ्दै छ । यसै आवश्यकतालाई महसुस गरी हामीले होटल म्यानेजमेण्ट सञ्चालन गरेका छौं । यस्तो कार्यक्रमले विद्यार्थीहरुलाई प्रयोगात्मक र व्यवहारिक बनाउन टेवा पुगेको छ ।’

    बुटवलको मुख्य शहरबाट पश्चिम–उत्तरतर्फ शान्त वातावरणमा अवस्थित रम्भादेवी गु्रप अफ अफ टेक्निकल कलेज तथा न्यू भिजन सेकेण्डरी स्कूलमा विज्ञान संकाय, होटल व्यवस्थापन, व्यवस्थापन, कम्प्यूटर साइन्स तथा टेक्निकलतर्फ एचए, ल्याब टेक्निसियन, रेडियोलोजी, सिभिल ओभरसियर, सवओभरसियर जस्ता विषयहरु अध्यापन हुने गरेको ग्रुपका प्रबन्ध निर्देशक बस्नेतले बताए ।