२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो

शुक्रवार , फाल्गुण १३, २०७८

काठमाडौं, १३ फागुन ।
नेकपा (एमाले) ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आज निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । 

एमालेले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरेको हो । एमालेको दल दर्ता नं ३२ रहेको जनाइएको छ । महासचिव पोखरेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे । 

उनले स्थानीय तहको निर्वाचनको तयारीका लागि नै एमालेले अहिले देशभरि नै निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिरहेको जानकारी पनि दिए ।