
शुक्रवार , फाल्गुण १३, २०७८
काठमाडौं, १३ फागुन ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न शुक्रबार निवेदन दिएका छन् ।
दल दर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् ।
स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडलले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij