२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

नमस्ते एकेडेमी अब ‘ब्रिटिस ग्रामर स्कूल’को नामबाट सञ्चालन हुने

शनिवार , फाल्गुण १४, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा, १४ फागुन ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ मा अवस्थित नमस्ते एकेडेमी अब ब्रिटिस ग्रामर स्कुलको नामबाट सञ्चालन हुने भएको छ । एकेडेमीको व्यवस्थापनको जिम्मा ब्रिटिस कलेजले लिएसँगै नमस्ते एकेडेमी ब्रिटिस ग्रामर कलेजको नामबाट सञ्चालन हुने भएको हो ।

    व्यवस्थापन जिम्मा लिएपछि एकेडेमीको नियमित कार्यक्रममा उपस्थित भएका ब्रिटिस कलेजका कार्यकारिणी समूहका सदस्य पल क्लेभले रुपन्देहीको शिक्षा क्षेत्रमा उच्च सम्भावना देखेर नै ब्रिटिस कलेजले नमस्ते एकेडेमीमा लगानी गरेको बताए । उनले ब्रिटिस कलेजको ७ वटै प्रदेशमा लगानी गर्ने लक्ष्य रहेको जानकारी दिंदै काठमाडौं, चितवन र पोखरा लगानी भइसकेको र रुपन्देहीलाई नयाँ सम्भावनका रुपमा सेवा सञ्चालन गरिएको बताए ।

    क्लेभले ब्रिटिस कलेजको सामाजिक उत्तरदायित्व पुरा गर्ने लक्ष्य अनुरुप नेपालमा लगानी गरिएकाले ब्रिटिस स्कुलमा अध्ययन गर्ने शुल्क महंगो नहुने दावी गरे । उनले ज्ञान लिने विषयमा नेपालीहरु अत्यन्त मिहिनेती भएको बताए । नेपालीहरुको मिहिनेत र ब्रिटिस शिक्षा प्रणालीको समायोजनले नै शैक्षिक क्षेत्रमा राम्रो नतिजा आउन सक्ने विश्वास व्यक्त गरे । नमस्ते एकेडेमीका विद्यार्थी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने उनले बताए ।

    एकेडेमीका संस्थापक अध्यक्ष तथा सञ्चालक डिल्लीनारायण पाण्डेले असल नागरिक बनाउने उद्देश्यले बिद्यालय सञ्चालन गरिएकाले नमस्ते एकेडेमीबाट कुनै विद्यार्थी निष्काशन नगरिने दावी गरे । ‘बालबालिकालाई अझ राम्रो र अनुशासित बनाउने एकेडेमीको उद्देश्य हो, त्यसैले हामी कसैलाई पनि रेस्टिकेट गर्दैनौं ।’ पाण्डेले भने, ‘कुलतमा लागेका बालबालिका पनि एकेडेमीमा आएर असल नागरिक बनाउने विद्यालयको उद्देश्य हो ।’ अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न विद्यालय सफल भएको उनले बताए । कार्यकारिणी सदस्य पलको उपस्थितिको अवसरमा विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

    IMG-20220225-WA0002.jpg