२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

जसपा सिद्धार्थनगर–१२ को वडा भेला सम्पन्न

शनिवार , फाल्गुण १४, २०७८

भैरहवा, १४ फागुन ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ को भेला शनिबार भैरहवामा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य किस्मत विश्वकर्माले जसपा वैकल्पिक शक्तिको रूपमा उदय भएको बताए । उनले देशमा रहेका पुराना पार्टीबाट विकास र समृद्धि सम्भव नभएकोले नै जसपाको उदय भएको बताए । नेपालमा रहेका सबै जातजाति, समुदायबीच भावनात्मक एकताको आवश्यक रहेको बताउँदै जसपाले हिमाल, पहाड, मधेश र तराईको बीचमा भावनात्मक एकता कायम गराउँदै देशलाई समृद्धितर्फ लैजानुपर्ने उनको भनाइ थियो ।

त्यस्तै जसपा लुम्बिनी प्रदेश सदस्य मोहम्मद अलीले जसपाले सिद्धार्थनगरको सबै वडा र टोलटोलमा सगठन विकास गर्नुपर्ने बताए । उनले आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनमा जसपाका सबै उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

जसपा सिद्धार्थनगर–१२ का अध्यक्ष अनिल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जयसवाल, नगर कोषाध्यक्ष जाबेद आलम लगायतले बोलेका थिए ।