शनिवार , फाल्गुण १४, २०७८
भैरहवा, १४ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ मा वडा कमिटीको कार्यालय स्थापना गरेको छ । वडाको कामलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न वडा नम्बर ८ स्थित बसडिलवामा कार्यालय स्थापना गरिएको एमाले रुपन्देही जिल्ला सदस्य तथा मायादेवी गाउँपालिका इञ्चार्ज शंकर ज्ञवालीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.ले निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले आगामी निर्वाचनमा एमाले पुनः पहिलो शक्तिको रुपमा स्थापित हुने दावी गरे ।
एमाले मायादेवी–८ वडा कमिटीका अध्यक्ष विश्वराज काफलेको अध्यक्षता तथा सचिव निरु परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला उपसचिव हितराज पन्थी, जिल्ला सदस्य सिकचन्द यादव, राष्ट्रिय युवा संघ, नेपाल रुपन्देहीका जिल्ला सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ का इञ्चार्ज अमित कुमार शुक्ला लगायतले बोलेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
