
आइतवार , फाल्गुण १५, २०७८
भैरहवा, १५ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले संगठन विस्तार र पार्टी प्रवेशलाई तीव्रता दिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ इकाई समितिले आयोजना गरेको विस्तारित भेला तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका उपाध्यक्ष ओमनाथ कोहारसहित विभिन्न पार्टी परित्याग गरी ७७ जना राप्रपामा प्रवेश गरेका छन् ।
सोही भेलामा राजमति कोहारको अध्यक्षतामा १५ सदस्यीय मेउडिहवा टोल समिति गठन गरिएको थियो । राजकुमार यादवको अध्यक्षता, राप्रपाका केन्द्रीय सदस्य सहायक महामन्त्री ताहिर अलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, कोषाध्यक्ष राजेश ढकाल, वरिष्ठ नेता चन्द्रशेखर पाण्डे, नेताहरु छेदीलाल श्रीवास्तव, अर्जुन थापा, शंकर खत्री, महिना नेतृ सुमित्रा वि.क., संगिता गुरुङ, मेनुका गौतम, विनिता गुप्ता, अर्पना मल्ल लगायतको उपस्थिति रहेको थियो । श्याम कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै सिद्धार्थ नगरपालिका वडा नम्बर ९ स्थित कठौतियामा चन्द्रबली कुर्मीको संयोजकत्वमा २३ सदस्यीय टोल समिति गठन गरिएको छ । सोही टोलका ८३ जना युवा राप्रपामा प्रवेश गरेका छन् । पार्टीका रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यता, उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्माको विशेष आतिथ्यता, अर्जुन थापा, शंकर खत्री, नसरुद्दीन पठान, सलाहुद्दीन पठान, गंगाराम बरई, युवा नेता मुक्तिनाथ यादव (भोला), कृष्ण अर्याल, प्रभात ज्ञवाली, समिम पठानको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा निर्वाचित वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरी राप्रपामा प्रवेश गरेका छन् । १०७ जना समर्थकसहित यादव राप्रपामा प्रवेश गरेका हुन् ।
राप्रपा प्रदेशसभा ३ (क)का अध्यक्ष अर्जुन थापाको अध्यक्षता, केन्द्रीय सदस्य वसन्त विक्रम शाहीको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष सागर प्रताप राणाको विशिष्ट आतिथ्यता, वरिष्ठ नेता चन्द्रशेखर पाण्डे, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, कोषाध्यक्ष राजेश ढकाल, सल्लाहकार कृष्ण भण्डारी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसै गरी राप्रपा तिलोत्तमा नगर समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका पूर्व जिल्ला सदस्य तथा नेपाली कांग्रेसका क्रियाशिल सदस्यसहित १९ जना राप्रपामा प्रवेश गरेका छन् । तिलोत्तमा नगर अध्यक्ष राधिका पाण्डेको अध्यक्षता, जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यता, उपाध्यक्ष अजय कुमार गुप्ताको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव बलराम शर्मा, जिल्ला सदस्यद्वय गोपीनाथ पाण्डे, विक्रम थापा, नेताहरु शंकर खत्री, अर्जुन थापा, राम बहादुर थापा, मुक्तिनाथ यादव (भोला) लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै राप्रपा ओमसतिया गाउँपालिका वडा नम्बर ३ इकाई कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । राप्रपा ओमसतिया अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षता, पार्टीका केन्द्रीय सहायक महामन्त्री ताहिर अलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य तुफेल पठान, नेता प्रदिप घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij