२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

एमसीसीमा व्याख्यात्मक घोषणाको कुनै कानूनी अर्थ छैन : पूर्वप्रधानमन्त्री खनाल

आइतवार , फाल्गुण १५, २०७८

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीमा व्याख्यात्मक घोषणाको कुनै कानूनी अर्थ नरहेको बताएका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै खनालले व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्ने कुराको समेत कुनै ग्यारेन्टी नरहेको र यसको कुनै कानूनी अर्थ नरहेको बताएका हुन् ।

खनालले सम्झौताको सम्पूर्ण बुँदामाथि सार्वभौम संसद्मा छलफल गर्ने वातावरण नबनाइ पारित गर्न खोज्‍नु आपत्तिजनक रहेको समेत उल्लेख गरे । सन्धि र सम्झौता सबै सांसदहरुले पढ्न र छलफल गर्न पाउनेपर्ने भन्दै उनले एमसीसीका हेरक सम्झौता सांसदहरुलाई बितरण गर्नुपर्ने धारणा राखे । खनालले नेपाललाई प्राप्त हुने सहयोगको बिपक्षमा आफुहरु नरहेको स्पष्ट पार्दै कुनै देशको सहयोगले नेपालको राष्ट्रहितलाई खलल पार्न नहुने तर्क गरे ।