२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

एमसीसी सम्झौतालाई संसद्‍बाट अस्वीकार गरियोस् : भीम रावल

आइतवार , फाल्गुण १५, २०७८

काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले एमसीसी राष्ट्रघाती भएको भन्दै यसलाई संसद्‍बाट पास गर्न नहुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै  नेता रावलले एमसीसी संसद्बाट पास गर्न नहुने बताएका हुन्।

उनले एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रियता र स्वाधिनतामा आघात पुग्ने उल्लेख गरे । उनले एमसीसी सम्झौतालाई संसद्‍बाट अस्वीकार गरियोस् भन्दै यसको बिपक्षमा मतदान गर्न आह्वान समेत गरे ।