२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रुपन्देही : जसपाका दुईजना जिल्ला सदस्य कांग्रेसमा प्रवेश

आइतवार , फाल्गुण १५, २०७८

भैरहवा, १५ फागुन ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीका दुई जना जिल्ला सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लोकतन्त्रको रक्षा र देश विकास कांग्रेसबाट मात्र सम्भव भएको भन्दै जसपा जिल्ला सदस्यहरु सम्साद अली अन्सारी र जालिम केवट आइतबार पार्टीमा प्रवेश गरेका हुन् । 

पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले कांग्रेस सबै अट्ने र सबैलाइ न्याय गर्ने पार्टी भएको बताए । उनले पार्टी प्रवेश गरेपछि नयाँ र पुरानो भन्ने नहुने भन्दै योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिइने समेत बताए । पार्टीमा समावेशीताको उदाहरण दिदै  उनले कांग्रेस सबैको साझा पार्टी भएको भन्दै नयाँ पुरानोको मात्र नभइ कुनै जातजाति धर्मको आधारमा समेत विभेद नहुने बताए । 

कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङको सभापतित्व तथा सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।