images

शुक्रवार, बैशाख २१ गते २०८१

एमसीसी पारित भएसंगै मुलुक दुर्घटनाबाट बच्यो : प्रचण्ड

एमसीसी पारित भएसंगै मुलुक दुर्घटनाबाट बच्यो : प्रचण्ड

images
images
images
सोमवार, फाल्गुण १६ २०७८
सोमवार, फाल्गुण १६ २०७८
  • एमसीसी पारित भएसंगै मुलुक दुर्घटनाबाट बच्यो : प्रचण्ड

    काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित भएसंगै मुलुक दुर्घटनाबाट बचेको बताएका छन्। सोमबार खुलमटारमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेपछि एमसीसी पारित गर्न सहमति जनाएको भन्दै मुलुक दुर्घटनाबाट बचेको बताएका हुन् ।

    images
    images
    images

    एमसीसी अनुमोदन भएसँगै गठबन्धन र सरकार जोगिएको र अब सरकारको ध्यान चुनाव गराउनेमा केन्द्रित रहने उनले बताए ।

    त्यस्तै प्रचण्डले एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरे । उनले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपा हुँदा नै प्रस्ताव गरेको तर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप पनि लगाए । प्रचण्डले पहिले अमेरिकाले नेपाललाई ठूलो सहायता दिने भयो भनेर सबै खुसी भए पनि नेकपाको सरकार बनेपछि अनेक विषय आउँदा गिजोलिएको धारणा पनि राखे ।

    प्रचण्डले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय कानून अनुसार एमसीसीको अंग बन्ने दावी गरे । एमसीसी विगतमा महाकाली सन्धिबारेको संकल्प प्रस्तावजस्तो हल्का नभएको उनको भनाई छ ।

    प्रचण्डले व्याख्यात्मक टिप्पणीबारे अमेरिकी दूतावासबाट पनि सकारात्मक संकेत आएको जिकिर गरे । अमेरिकाले व्याख्यात्कम घोषणा नमाने एमसीसी खारेज हुने पनि उनले बताए । त्यस्तै उनले एमसीसीको विरोध गनेवित्तिकै सबै जनताको सहानुभूति पाइने ठानेर पार्टीका केही नेताहरुले विरोध गरिरहेको टिप्पणी गरे ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij