images
images

शनिवार, जेठ ५ गते २०८१

दल त्याग गरेका तीन कार्यपालिका सदस्यको पद रिक्त 

दल त्याग गरेका तीन कार्यपालिका सदस्यको पद रिक्त 

images
images
images
मंगलवार, फाल्गुण १७ २०७८
मंगलवार, फाल्गुण १७ २०७८
  • दल त्याग गरेका तीन कार्यपालिका सदस्यको पद रिक्त 

    तुलसीपुर, १७ फागुन ।
    तुलसीपुर उपमहानगरपालिकाको तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगले सोमबार नेकपा (एमाले) लाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले उनीहरूको पद रिक्त भएको जनाएको छ ।

    images
    images
    images

    कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी (डाँगी) र दीपक कुमालले एमाले परित्याग गरेकाले पद रिक्त भएको जनाएको हो । उनीहरू तीनै जना नेकपा (एकीकृत समाजवादी) पार्टी आवद्ध भएका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को  दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गरेको भन्दै उहाँहरूको पद स्वतः रिक्त भएको निर्वाचन आयोगका शाखा अधिकृत नवराज विष्टले बताए ।

    उनीहरूमध्ये कुमालले पार्टी फुट्नेबित्तिकै एकीकृत समाजवादीमा आवद्ध भएका थिए । उनी हाल सो पार्टीका तुलसीपुर नगर सदस्य हुन् । रेग्मी एमालेको जिल्ला सदस्यमा निर्वाचित भएको हप्ता दिन नबित्दै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij