images
images

शनिवार, जेठ ५ गते २०८१

जनताबाट अनुमोदन हुन डराउनेहरुले राजनीति गर्नुको अर्थ छैन : खिमलाल भट्टराई

जनताबाट अनुमोदन हुन डराउनेहरुले राजनीति गर्नुको अर्थ छैन : खिमलाल भट्टराई

images
images
images
बुधवार, फाल्गुण १८ २०७८
बुधवार, फाल्गुण १८ २०७८
  • जनताबाट अनुमोदन हुन डराउनेहरुले राजनीति गर्नुको अर्थ छैन : खिमलाल भट्टराई

    रुपन्देही, १८ फागुन । 
    नेकपा (एमाले) राष्ट्रिय सभा सचेतक खिमलाल भट्टराईले कर्मचारी संगठनले आफ्ना अधिकारसँगै नागरिकको जिम्मेवारी र दायित्वलाई आत्मसाथ गरेर अगाडि बढ्न आग्रह गरेका छन् । मंगलबार नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीको ११ औं जिल्ला अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले एमाले नेतृत्वको सरकारले सुरुवात गरेको विकास तथा समृद्धिका कार्यक्रमले देशलाई समृद्धिको बाटोमा डोर्याउन थाले पनि केही दलका स्वार्थी नेताहरुको लोभले देशलाई अस्थिरतातर्फ लगेको बताए । सरकारमै सहभागी दलहरुको स्वार्थ नमिल्दा अहिलेको भाडभैलो बाहिर आएको बताउँदै भट्टराईले जनताबाट अनुमोदन हुन डराउनेहरुले राजनीति गर्नुको कुनै अर्थ नभएको धारणा व्यक्त गरे ।  

    लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले प्रादेशिक संरचना नयाँ भएकाले पनि धेरै काम प्रभावकारी हुन नसकेको स्वीकार गर्दै आवश्यक भन्दा बढी मन्त्रालय थपिएका कारण कर्मचारी अभावमा कार्यसम्पादन सन्तोषजनक नभएको बताए । उनले निजामति संघीय आयोग नबनेका कारण प्रदेश तथा स्थानीय सरकारमा कर्मचारी व्यवस्थापनको चुनौतीबारे तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए । 

    आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक मेघदेव पन्तले सरकार परिवर्तनसँगै कर्मचारीलाई गरिएको अनावश्यक सरुवाले सरकारका काम प्रभावकारी बन्न नसकेको बताए । उनले कर्मचारीहरुलाई सरकारका गलत काममा खबरदारी गर्न आग्रह गर्दै राजनीतिक पूर्वाग्रहबाट गरिने विभेदविरुद्ध सधै लड्ने धारणा राखे । 

    रुपन्देही अध्यक्ष केशव भट्टराईको अध्यक्षता तथा सचिव कमल पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा कर्मचारी संगठनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्षहरु भवानी दाहाल, दधिराम मरासिनी, महासचिव रेवन्त गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij