
बुधवार , फाल्गुण १८, २०७८
भैरहवा, १८ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल महिला संघ सिद्धार्थनगर नगर कमिटीको बैठक बुधबार भैरहवामा सम्पन्न भएको छ ।
बैठकले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर दिवसको पूर्व संध्यामा फागुन २३ गते सोमबार भैरहवामा रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको अनेमसंघ केन्द्रीय सदस्य उमा अधिकारीले बताइन् । भैरहवास्थित बुद्धचोकमा उक्त कार्यक्रम गर्ने निर्णय गरिएको अधिकारीले जानकारी दिइन् । उनका अनुसार कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुनेछ ।
अनेमसंघ सिद्धार्थनगर नगर कमिटी अध्यक्ष पार्वती अधिकारीको अध्यक्षता तथा सचिव दिलु कुंवरको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij