images

शनिवार, बैशाख २२ गते २०८१

संसद् अवरोध हटाउन सत्ता गठबन्धनद्वारा प्रतिपक्षी दललाई आग्रह

संसद् अवरोध हटाउन सत्ता गठबन्धनद्वारा प्रतिपक्षी दललाई आग्रह

images
images
images
बिहिवार, फाल्गुण १९ २०७८
बिहिवार, फाल्गुण १९ २०७८
  • संसद् अवरोध हटाउन सत्ता गठबन्धनद्वारा प्रतिपक्षी दललाई आग्रह

    काठमाडौँ, १९ फागुन।  सत्तागठबन्धन दलहरुले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो।

    images
    images
    images

    बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् लामो समयसम्म सुचारु नहुँदा जनतामा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्छ भन्ने बारेमा छलफल भएको बताए। उनले भने, “बैठकले प्रमुख प्रतिपक्ष दललाई संसद्लाई सञ्चालन गर्न राष्ट्रका यावत समस्याको बारेमा संसद्मा छलफल गर्ने वातावरण तयार गर्नका निमित्त आग्रह गर्ने निर्णय गरेको छ।”

    लामो समयदेखि संसद् बैठक अवरुद्ध हुँदा संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमाथि छलफल हुन नसकेकाल संसद् बैठक सुचारु गर्ने सम्बन्धमा गम्भीर रुपमा छलफल भएको नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री कार्कीले बताए।

    बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसद्बाट अनुमोदन भएपछिको विषयमा पनि छलफल हुनुका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलाई सबैको सहमतिमा अनुमोदन गर्नका निमित्त योगदान गरेका सबै दलका नेतृत्वलाई धन्यवाद व्यक्त गरेका थिए।

    मन्त्री कार्कीले यो गठबन्धन मुलुकमा सुशासन, स्थायित्व र विकासका लागि बनेको उल्लेख गर्दै गठबन्धन अझै अघि बढ्ने बताए। साथै उनले एमसिसी अनुमोदन भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको भन्दै एमसिसीबाट जनतालाई रोजगार बनाउने बताए। पाँच वर्षभित्रमा ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउन र यसलाई समयमा सम्पन्न गर्न गठबन्धन दलबीचमा अहिलेझैँ एकता अपरिहार्य रहेको मन्त्री कार्कीको  भनाइ थियो ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको संयोजनमा भएको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता सामाजवादी पार्टी नेपालका शीर्ष नेताहरुको सहभागिता थियो। रासस

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij