images

शनिवार, बैशाख २२ गते २०८१

कुनै पनि बहानामा हिंसा स्वीकार्न सकिदैन : गृहमन्त्री खाँण

कुनै पनि बहानामा हिंसा स्वीकार्न सकिदैन : गृहमन्त्री खाँण

images
images
images
शुक्रवार, फाल्गुण २० २०७८
शुक्रवार, फाल्गुण २० २०७८
  • कुनै पनि बहानामा हिंसा स्वीकार्न सकिदैन : गृहमन्त्री खाँण

    भैरहवा, २० फागुन ।
    गृहमन्त्री बालकृष्ण खाँणले कुनै पनि बहानामा हिंसा र द्वन्द्व स्वीकार्न नसकिने बताएका छन् । उनले राष्ट्रिय राजनीतिको मूलधारमा नआएका राजनीतिक दललाई पनि मूलधारमा आउन आह्वान गरे । 

    images
    images
    images

    श्री पक्लिहवा माध्यमिक विद्यालय सिद्धार्थनगर, रुपन्देहीको ६३ औं वार्षिकोत्सव समारोह, भवन शिलान्यास तथा अभिभावक भेलालाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै मन्त्री खाँणले भने, ‘हिंसा स्वीकार गर्न सकिदैन, हिंसा फैलाउने गतिविधि नगर्नुहोस् भनेर आग्रह गर्न चाहन्छु । ’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडी फर्कन नसकिने बताए । उनले संविधानमा केही कमीकमजोरी भए त्यसलाई सुर्धान तथा परिस्कृत गर्न सकिने बताए । 

    उनले एमसीसी परियोजना देशको लागि भएको बताए । उनले यसले नेपालको राष्ट्रियतालाई बलियो बनाउने दावी गरे । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा यो समस्याबाट देशले एक किसिमले मुक्ति पाएको बताए । 
    उनले भने, ‘सभापति देउवाले हामी प्रतिपक्षमा हुँदा र केपी ओलीजी प्रधानमन्त्री हुँदा पनि भन्नुभएको थियो सरकारले प्रस्ताव ल्याओस्, हामी सहयोग गर्छौं, तर ओली नेतृत्वको सरकारले एमसीसी परियोजनालाई टेबुल गराएर प्रक्रियामा अगाडी बढाएर पास गर्ने क्रममा प्रधानमन्त्री ओली आफै दुविधामा हुनुहुन्थ्यो ।’ एमसीसी परियोजना पास गर्नुपर्छ भन्ने पक्षधर आए पास गर्नुपर्छ र अगाडी बढाउनुहुँदैन भन्ने पक्षधर आए अगाडी बढाउनहुँदैन भनेर ओलीले कुरा गरेको उनको भनाइ थियो । त्यसकारण झण्डै ३ वर्ष एमसीसी पारित हुन नसकेको बताए । 

    ‘३ वर्ष अगाडी एमसीसी प्रस्ताव पास भएको भए आधा काम सम्पन्न भइसक्थ्यो, उनले भने । एमसीसी पास भए सेना आउँथ्यो भनिन्थ्यो, अहिले एमसीसी पारित भयो कहाँ आयो सेना ? उनले प्रश्न गरे । एमसीसी पारित गर्न सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । 

    सरकारले आगामी वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचन आउन अब ७० दिन बाँकी रहेको र सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने उनले बताए । ‘सबै राजनीतिक दलले स्वच्छ प्रतिष्पर्धा गर्नुहुनेछ भन्ने मलाई विश्वास छ, ’उनले भने ।

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले नेपाली जनताले चुनेका जनप्रतिनिधिहरुले बनाएको संविधान भएको र यो संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकोले यसको सबैले संरक्षण गर्नुपर्ने बताए । गृहमन्त्री खाँणले गणतान्त्रिक शासन व्यवस्थामा जनता नै मुख्य केन्द्रविन्दु भएको बताए ।

    पक्लिहवा माध्यमिक विद्यालयले शिक्षाको विकासका लागि ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले शिक्षा मन्त्रालयले पनि यो विद्यालयको भौतिक विकासका लागि बजेट व्यवस्थापन गरोस् भन्ने हामी सबैको चाहना भएको बताए । त्यसका लागि आफूले सम्बन्धित मन्त्री र मन्त्रालयका सचिवलाई आग्रह गर्ने उनले बताए । उनले भने, ‘यो विद्यालय वास्तवमै ज्यादै महत्वपूर्ण स्थानमा छ, यहाँको शिक्षक, व्यवस्थापन समिति तथा सञ्चालक टिम, पनि विद्यालयको शैक्षिक उन्नयनको लागि प्रयत्न गरिरहेको छ, यसको म प्रशंसा गर्छु ।’ 

    पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङले विद्यालयलाई उत्कृष्ट बनाउन लागिपरेको बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij