२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

श्रमजीविको पक्षमा काम गर्ने कार्यभार एमालेको काँधमा : घनश्याम भुसाल

शुक्रवार , फाल्गुण २०, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २० फागुन । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले श्रमजीविको पक्षमा काम गर्ने कार्यभार नेकपा एमालेको काँधमा आएको बताए ।

    एमाले सिद्धार्थनगर नगर कमिटीको चौथो बैठकलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका भुसालले पुँजीवादले समाजमा विकृति विसंगति निम्त्याएको बताउँदै विपन्न, श्रमजीवि, दलितका पक्षमा एमालेले काम गर्नुपर्ने बताए । उनले अन्य पार्टीहरुले पूँजीवादलाई प्रश्रय गरिरहेको तर्क गर्दै सबै वर्गका पक्षमा काम गर्ने कार्यभार एमालेको काँधमा आएको बताए । 

    एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य विश्वराज बराल (अनुप) ले पार्टीले गरेका कामहरुको व्यापक प्रचारप्रसार गरी जनतामा लैजानुपर्ने बताए ।  एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पार्टीका काममा सबै जिम्मेवारी भएर काम गर्न आग्रह गरे । देश निर्वाचनको मुखमा भएको बताउँदै अध्यक्ष केसीले पार्टीका नेताहरुको सक्रियता बढी हुनुपर्ने बताए । 

    एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले एमालेलाई सिद्धार्थनगरमा पहिलो शक्ति बनाउने गरी एमालेले आफ्ना कार्यक्रमहरु गरिरहेको बताए । 

    बैठकमा एमाले निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेल, पार्टीका रुपन्देही जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थी, प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थी, रुपन्देही जिल्ला सदस्य उमा अधिकारी, जिल्ला सदस्य तथा तथा सिद्धार्थनगर इञ्चार्ज चोपलाल आचार्य, नगर सचिव नारायण प्रसाद भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।