images

शनिवार, बैशाख २२ गते २०८१

निःशुल्क स्वास्थ्य शिविरबाट २०० बढी लाभान्वित 

निःशुल्क स्वास्थ्य शिविरबाट २०० बढी लाभान्वित 

images
images
images
शनिवार, फाल्गुण २१ २०७८
शनिवार, फाल्गुण २१ २०७८
  • निःशुल्क स्वास्थ्य शिविरबाट २०० बढी लाभान्वित 

    रुपन्देही, २१ फागुन । 
    रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नम्बर ५ को कार्यालय र बागेश्वरी असल शासन क्लब (बास), रुपन्देहीको संयोजनमा शनिबार भैरहवामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविर ज्येष्ठ नागरिकहरुको मोतियाबिन्दुको उपचारलाई प्राथमिकता पारेर आयोजना गरिएको हो । भैरहवा नमुना माध्यमिक विद्यालयमा आयोजित शिविरमा मोतियाबिन्दुको जाँच तथा शल्यक्रिया समेय गरिएको थियो ।

    images
    images
    images

    श्रीकृष्ण नेत्रालयले आँखा सम्बन्धि चेकजाँच गरेको थियो भने मुक्ति शर्माको टिमले दन्तरोगको परीक्षण गरेको थियो ।  मधुमेह रोगको परीक्षणमा लुम्बिनी डाईग्नोष्टिक एण्ड प्याथले सहयोग गरेको थियो भने महिला रोगको परीक्षण डाक्टर मन्जली यादवले गरेकी थिइन् । शिविरमा २ सय जना बढीले सेवा लिएको बासका कार्यकारी निर्देशक विजया खत्रीले जानकारी दिइन् ।

    कार्यक्रममा बोल्दै सिद्धार्थ नगरपालिका ५ का वडाअध्यक्ष चेतबहादुर क्षेत्रीले नागरिकको स्वास्थ्यप्रति वडा सधै सचेत रहेको बताए । उनले जनप्रतिनिधि भएर आइसकेपछि बास रुपन्देहीसंगको सहकार्यका विभिन्न कार्यक्रम गरिएको बताए ।
    त्यस्तै वडा सदस्य सरला शर्माले ज्येष्ठ नागरिक र महिलाहरुको स्वास्थ्यलाई मध्नजर गर्दे शिविरको आयोजना गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गरिन् ।

    युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) भैरहवाका मेडिकल सुपरीटेण्डेण्ट डा सदनमुखीले सबै नागरिकले आफनो स्वास्थ्यको ख्याल राख्नुपर्ने बताउँदै रोग लागिसकेपछि पछुताउनु भन्दा लाग्न नदिनतर्फ नै सचेत हुनुपर्ने बताए ।

    अशल शासनको नारा लिएर स्थापित वास रुपन्देहीमा सेवा गरेवापत दिक्षा बोहोरा, श्रवण  कान्दु र सीमरन कौरलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । वासले निरन्तर समन्वय गरेको भन्दै सिनपा ५ अध्यक्ष क्षेत्रीलाई पनि सम्मान गरिएको थियो ।स्वास्थ्य शिविरमा खट्ने स्वास्थ्यकर्मीहरुलाई कार्यक्रममा प्रशंसापत्रले सम्मान गरिएको थियो ।

    कार्यक्रममा शिशिर स्मृति प्रतिष्ठान नेपाल, मालती मेडिकल हल शियारी, वीर फाउण्डेशन नेपाल, बोहरा फार्मेसी, ज्ञालेक्सी पेण्ट्स, स्टडी ल्याण्ड प्रा.लि., कबिर सप्लायर्स, गुराँस बिजनेस कन्सल्टेन्ट प्रा.लि.ले सहयोग गरेका थिए । वासका कार्यकारी निर्देशक विजया खत्रीको अध्यक्षता तथा अस्मिना पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij