२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

नेपाल मुस्लिम इत्तेहाद संगठन रुपन्देहीको अध्यक्षमा अवुसामा शेख

आइतवार , फाल्गुण २२, २०७८

भैरहवा, २२ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल मुस्लिम इत्तेहाद संगठन रुपन्देहीको तेस्रो जिल्ला अधिवेशन आइतबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले अवुसामा शेखको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा वाजीद अली, सचिवमा मोहम्मद अकिल मुसलमान, उपसचिवमा निसार अली, रियाजुद्दीन पठान र कोषाध्यक्षमा खुसनुद अहमद रहेका छन् ।

त्यस्तै सदस्यमा वर्गदिन मिया, छली मिया, जवुल मिया, मोहम्मद इस्माइल (फिरोज), अस्मिन मिया, रहमद मिया, सलिम मिया, इसुप मिया, शहजाद अहमद ईराकी, असगर अली फकिर, मोहम्मद साहिद अली लगायत रहेका छन् ।

अधिवेशनको एक कार्यक्रमकाबीच नेकपा एमालेका पोलिटव्युरो सदस्य, लुम्बिनी प्रदेश सह–इञ्चार्ज तथा पूवमन्त्री लिला गिरीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नेता गिरीले मुस्लिम समुदायको हकअधिकारका लागि एमालेले निरन्तर काम गरिरहेको बताए ।

विशिष्ट अतिथि एमाले केन्द्रस्य सदस्य तथा मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सिराज अहमद फारुकी, पूर्व केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद नजिर मिया, एमाले प्रदेश कमिटी सदस्य तथा संगठनका लुम्बिनी प्रदेश संयोजक कुटमदिन अली, एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थी, एमाले जिल्ला सदस्य तथा संगठनका केन्द्रीय सदस्य जलिल मिया, एमाले बुटवल उपमहानगरपालिका सदस्य मणि खनाल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा संगठनका केन्द्रीय सदस्य हजरत बेलाल फकिर लगायतले आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउनुपर्ने बताए ।

IMG_3716.JPG

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हाजी रहुल अमिन मियाको अध्यक्षता, मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य मनिमदिन मियाको स्वागत तथा संगठनका केन्द्रीय सदस्य गोरे अलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।