२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

गल्लामण्डीमा जसपाले खोल्यो सिद्धार्थनगर पार्टी कार्यालय

सोमवार , फाल्गुण २३, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, २३ फागुन ।
    जनता समाजवादी पार्टी नेपाल (जसपा) सिद्धार्थनगर नगर कमिटीको पार्टी कार्यालयको उद्घाटन गरिएको छ । सिद्धार्थनगर–६ स्थित गल्लामण्डीमा खोलिएको कार्यालयको सोमबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले उद्घाटन गरेकी छन् ।

    सो अवसरमा बोल्दै उनले निर्वाचन एकदमै नजिक आइसकेको बताइन् । उनले जसपाले गरेका राम्रा कुरा जनतालाई बुझाउनुपर्ने बताइन् । जसपालाई किन जिताउने भन्ने विषयमा जनतालाई घरदैलोमा पुगेर बुझाउनुपर्ने बताइन् । जसपाले सबै जातजाति र समुदायलाई समेटेको उनको भनाइ थियो ।

    कार्यक्रममा जसपाका संघीय परिषद सदस्य विद्या यादव, हरिशचन्द्र सिंह सैथवार, पार्टीका वरिष्ठ नेता महेन्द्र यादव, लुम्बिनी प्रदेश उपाध्यक्ष धनेश्वरी चौधरी, प्रदेश सदस्य उज्जवल पोखरेल, रवि कुमार रौनियार, रुपन्देही जिल्ला उपाध्यक्ष सियाराम यादव, सिद्धार्थनगर वडा नम्बर ६ का उपाध्यक्ष चन्द्रमणि पाठक, वडा नम्बर १२ का अध्यक्ष अनिल यादव लगायतले बोल्दै जसपा सबैलाई समेटने पार्टी भएको बताए ।

    IMG_3787.JPG

    जसपा सिद्धार्थनगर कमिटीका अध्यक्ष अर्जुन प्रसाद जयसवालको अध्यक्षता, नगर कोषाध्यक्ष जावेद आलमको स्वागत तथा लुम्बिनी प्रदेश सदस्य मोहम्मद अलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।