२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यसमिति बैठक काठमाडौँमा

मंगलवार , फाल्गुण २४, २०७८

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौँ, २४ फागुन।  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौँमा बस्ने भएको छ। 
    बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउनेलगायत विषयमा छलफल गरिने नेत्री दिलु पन्तले जानकारी दिईन्। 

    बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक अवस्था, एमसिसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने छन्। बैठकमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल हुने जनाइएको  ।उक्त बैठकमा छलफल गरिने केही महत्वपूर्ण विषयमा सोमबार बसेको पोलिटब्यूरो बैठकले टुङ्गो लगाएको थियो रासस