२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महिलालाई आत्मनिर्भर बनाउन एनएमबीले दियो स्वरोजगार तालिम

बुधवार , श्रावण ७, २०७७


तिलोत्तमा, ७ साउन ।
एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक प्रदान गरेको छ । लकडाउन भन्दा अगाडि सकिएको तालिम कोभिड–१९ का कारण भर्चुअल कार्यक्रमका बीच बुधबार औपचारिक रुपमा समापन गरिएको हो ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनएमबी बैंक मणिग्राम शाखाले महिलाहरुलाई सिलाईकटाई तालिम प्रदान गरेको हो । बैंकले सामाजिक क्षेत्रमा पनि आफूलाई अग्रणी बनाउन यस्ता तालिमको आयोजना गर्ने गरेको बैंकका प्रदेश पाँच कार्यालयका प्रमुख सुरेन्द्रमान महर्जनले बताए । महिलाहरु स्वरोजगार भए मात्रै आर्थिक समृद्धिको नारा सार्थक हुने बताउँदै उनले यस्ता तालिमलाई अझ उन्नतस्तरमा पनि आयोजना गरिने विश्वास दिलाए ।

तालिम समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरीले सीपलाई सदुपयोग गरी व्यवसाय सञ्चालन गर्न यस्ता तालिम उपलब्धिमूलक हुने चर्चा गर्दै यसलाई अझ बिस्तार गर्दै एडभान्स तालिममा समेत जोड दिन बैंकलाई आग्रह गरिन् । उनले सीप सिकेर आत्मनिर्भर र स्वरोजगार बन्न सकेमात्रै तालिमको उपयोगिता सार्थक हुने बताउँदै स्वरोजगारमूलक कार्यक्रमका लागि नगरपालिकाले पनि लगानी गरिरहेको बताइन् । उनले कोभिड–१९ का कारण बेरोजगारीको संख्या बढ्ने भएकाले यस्ता तालिमको प्रभावकारिता थप बढ्दै गएको पनि  बताइन् ।

तिलोत्तमा वडा नम्बर ५ का वडाअध्यक्ष चेतनारायण भण्डारीले महिलाहरुलाई आय आर्यजनमा लगाउन नगरपालिकाले पनि सहयोग गरिरहेको भन्दै सामाजिक उत्तरदायित्व अन्तर्गत एनएमबी बैंकले सञ्चालन गरेको तालिम अरु बैंकहरुका लागि पनि प्ररणादायी हुने बताए । 

वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले खाली समयलाई सदुपयोग गरेर सीपमुलक तालिम प्रदान गर्दा महिलाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा तालिमकी प्रशिक्षार्थी रमा नेपाल, बैंकको प्रदेश ५ कार्यालयमा कार्यरत  डिविर विक्रम साह, बैंकका कर्मचारी त्रिभुवन भण्डारीलगायतले आ–आफ्नो धारणा राखेका थिए । व्यावसायिक विकास तथा परामर्श केन्द्रकी सुनिता कार्कीसँग सहकार्यको बैंकले सीपमूलक तालिम सञ्चालन गरेको हो ।