
मंगलवार , फाल्गुण २४, २०७८
बुटवल, २४ फागुन ।
लामो समयदेखि रोकिएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने भएको छ । नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मिन विश्वकर्माले चैत ७ देखि रुपन्देहीमा महाधिवेशन हुने बताए । महाधिवेशनको लागि नेपाल दलित संघको राष्ट्रिय अभियान, राज्यको सबै संरचनामा समानुपातिक समावेशीकरण भन्ने नारा तय गरिएको छ ।
रुपन्देहीमा भेलाको आयोजना गरी महाधिवेशन तयारी समितिहरु गठन गरिएको छ । तयारी भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं दलित दलित संघका अध्यक्ष मिन विश्वकर्माले तोकिएको जिम्मेवारी समयमै पूरा गर्न जिम्मेवारी अनुसारको काम अघि बढाउन आग्रह गरे । पूर्वमन्त्री विश्वकर्माले लोकतान्त्रिक आन्दोलनलाई बल पुग्ने गरी मात्र नभइ नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई समेत महाधिवेशनले गाउँगाउँमा पुर्याउने बताए ।
दलित संघ रुपन्देहीका अध्यक्ष बुद्धिराम हरिजनको सभापतित्वमा भएको भेलाले विभिन्न १ दर्जन तयारी समितिहरु गठन गरेको मिडिया संयोजक फुलु सुनारले बताइन् ।
राष्ट्रिय महाधिवेशनका लागि दिपेन्द्र बुढाप्रितीको संयोजकत्वमा आवास व्यवस्थापन समिति, रामकिसन विश्वकर्माको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, सलुजा रामदामको संयोजकत्वमा अतिथि स्वागत समिति र सुन्दर गहतराजको संयोजकत्वमा मञ्च तयारी समिति गठन गरिएको छ ।
त्यसै गरी फुलु सुनारको संयोजकत्वमा मिडिया समिति, एक बहादुर सुनारको संयोजकत्वमा बन्दसत्र तयारी समिति, राजु रोक्काको संयोजकत्वमा प्रचारप्रसार समिति, गोपाल विश्वकर्माको संयोजकत्वमा आर्थिक संकलन समिति, ओमप्रकाश वि.क.को संयोजकत्वमा स्वास्थ्य समिति गठन गरिएको छ ।
सो अवसरमा नेपाली कांग्रेसका विभिन्न तहका नेताहरुले अधिवेशन सफलताका लागि सहयोगको प्रतिवद्धता जनाएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij