images

शुक्रवार, बैशाख ७ गते २०८१

बेमौसमी तरकारी खेतीसम्बन्धी आधारभूत तालिम सम्पन्न

बेमौसमी तरकारी खेतीसम्बन्धी आधारभूत तालिम सम्पन्न

images
images
images
बुधवार, फाल्गुण २५ २०७८
बुधवार, फाल्गुण २५ २०७८
  • बेमौसमी तरकारी खेतीसम्बन्धी आधारभूत तालिम सम्पन्न

    भैरहवा, २५ फागुन । 
    नेपाल बहुमुखी सहकारी संस्था लिमिटेड सिद्धार्थनगर नगरपालिका–९ द्वारा सञ्चालित व्यवसायिक कृषि परियोजनाको आयोजनामा दुईदिने बेमौसमी तरकारी खेतीसम्बन्धी आधारभूत तालिम भैरहवामा सम्पन्न भएको छ ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिकाको समन्वयमा सोमबार र मंगलबार उक्त तालिम भएको संस्थाका अध्यक्ष शिवहरि अधिकारीले बताए । तालिममा पक्लिहवा कृषि क्याम्पसका प्राविधिक रुक्मांगत पाठक र राजन पौडेलले प्रशिक्षण दिएका थिए ।

    तालिमको समापन कार्यक्रममा सिद्धार्थनगर–९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनाल, जीआइजेडका प्रतिनिधि सुरेश बराल, सहकारीका सल्लाहकार कुलानन्द ज्ञवाली र प्रशिक्षक रुकमांगत पाठकले शुभकामना मन्तव्य राखेका थिए । 

    त्यस्तै सहभागीकोतर्फबाट मोती प्रसाद श्रेष्ठ र शशि अर्यालले आफूले सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
    संस्थाका अध्यक्ष शिवहरि अधिकारीको अध्यक्षता तथा उपाध्यक्ष शान्ति अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij