२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

प्रधानमन्त्री देउवासँग फ्रान्सेली प्रतिनिधिमण्डलको शिष्टाचार भेट

बुधवार , फाल्गुण २५, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौँ, २५ फागुन।   प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।  

     नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रियोतोँ नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डल नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि मङ्गलबार राजधानी आइपुगेको हो।
     
     नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा आएको प्रतिनिधिमण्डलमा समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि हुनुहुन्छ। 
    सो भेटका अवसरमा प्रधानमन्त्री देउवाले लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम रहिआएको नेपालको मित्रराष्ट्र फ्रान्सले नेपालका आर्थिक, सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगको सराहना गरे। रासस