२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

सङ्खुवासभा दुर्घटनाः मृतकको सङ्ख्या १४ पुग्यो

बिहिवार , फाल्गुण २६, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • खाँदबारी, २६ फागुन। सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।

    मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।आज बिहान ७ः३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो।

    मृतकको पहिचान भइसकेको छैन। बस दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृतकबारे विवरण सङ्कलन भइरहेको प्रहरीले बताएको छ। बस सडकबाट करिब ३०० मिटर तल खसेको छ। घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्। रासस