२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

प्रधानमन्त्री देउवा वीरगञ्जमा

बिहिवार , फाल्गुण २६, २०७८

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौँ, २६ फागुन।   प्रधानमन्त्री शेरबहादुर देउवा आज विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका छन्। केही समयअघि वीरगञ्ज पुगेकाप्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका प्रमुखहरुले स्वागत गरेका थिए।  

    नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले पार्टीको पर्सा जिल्लाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ।  

    आजै प्रधानमन्त्री देउवाले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रासस