२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

मौलिक जरोकिलो पार्टीद्वारा सुनवल नगर समिति गठन

शनिवार , फाल्गुण २८, २०७८

रुपन्देही, २८ फागुन ।
मौलिक जरोकिलो पार्टीको संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही क्रममा शनिबार स्थानीय युवा नेता किरण चौलागाईंको अध्यक्षतामा ११ सदस्यीय सुनवल नगर समिति गठन गरिएको छ । 

समितिको उपाध्यक्षमा सुजन शर्मा, सदस्यहरूमा दिपेश न्यौपाने, समीर तामाङ, सुशिला अर्याल, विष्णु सोमरे, अमृत भण्डारी, शंकर तामाङ, दिलबहादुर क्षेत्री, सरस्वती चौलागाईं र रूद्र आचार्य रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य संगीन श्रेष्ठले सतही रूपमा हेर्दा नेपालमा विकासले गति लिइरहेको जस्तो देखिए पनि यथार्थमा त्यस्तो नभएको बताए ।  उनले मौलिक जरोकिलो पार्टीले मात्रै नेपाललाई वास्तविक रूपमा समृद्ध बनाउन सक्ने र त्यसको लागि सम्पूर्ण युवा तथा नागरिकहरूलाई सचेत भइ एकजुट हुन आग्रह गरे ।

275591785_541414370555651_7170547222741844419_n.jpg

पार्टीका केन्द्रीय सदस्य संगीन श्रेष्ठको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष सम्पूर्ण खनालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन रूपन्देही जिल्ला समितिका सदस्य लक्ष्मण तिमिल्सिनाले गरेका थिए ।