२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

भैरहवामा एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर 

सोमवार , फाल्गुण ३०, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, ३० फागुन ।
    नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनी प्रदेश, नेपाल लाइभ्स्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग इकाइ बुटवल युनिट तथा नेपाल भेटेरिनरी विद्यार्थी एशोसिएसन पक्लिहवाको संयुक्त आयोजनामा भैरहवामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–९ स्थित सानो दुमदुमवामा शनिबार शिविर सम्पन्न भएको हो ।

    शिविरमा गोबर परीक्षण, रेक्टल पाल्पेसन र अल्ट्रासोनिक प्रविधिबाट बांझोपना तथा गर्भ परीक्षण, पशु स्वास्थ परीक्षण, बन्ध्याकरण, परामर्श साथै निःशुल्क औषधि वितरण गरिएको नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनीका प्रदेश सचिव डा. युवराज पन्थले जानकारी दिए । शिविरमा ६८ गाई, १०८ भैंसी, २३१ बाख्रा र १८० कुखुरा गरी ५८७ पशुपंक्षीको उपचार गर्नुका साथै औषधी वितरण गरिएको उनले बताए ।

    कार्यक्रम नेपाल भेटेरिनरी विद्यार्थी एशोसिएसनका अध्यक्ष धिरज यादवको अध्यक्षता, नेपाल लाइभ सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत सहयोग इकाई बुटवल, रुपन्देहीको प्रमुख डा. गान्धीराज उपाध्यायको प्रमुख आतिथ्यता, पक्लिहवा क्याम्पस प्रमुख डा.राम भजन मण्डल तथा नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।