२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

देवदहमा विभिन्न पार्टी परित्याग गरी ५२ जना राप्रपामा प्रवेश

सोमवार , फाल्गुण ३०, २०७८

भैरहवा, ३० फागुन ।
रुपन्देहीको देवदहमा विभिन्न पार्टी परित्याग गरी ५२ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राप्रपा देवदह नगरपालिका वडा नम्बर ११ मा आइतबार आयोजना गरिएको टोल भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२ जना पार्टीमा प्रवेश गरेका हुन् ।

त्यस्तै देवदह–१२ स्थित जनौरामा जगलाल चौधरीको अध्यक्षतामा ३१ सदस्यीय टोल कमिटी गठन गरिएको छ । कार्यक्रममा राप्रपा नगर अध्यक्ष माधव रिमाल, महिला नेतृ उमा राना, युवा नेता दुधनाथ यादव लगायतको उपस्थिति रहेको थियो ।