२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

एमाले सिद्धार्थनगरद्वारा टोल कमिटी गठनलाई तीव्रता

बुधवार , चैत्र २, २०७८

भैरहवा, २ चैत । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगरले विभिन्न वडामा टोल कमिटी गठनलाई तीव्रता दिएको छ । स्थानीय तह निर्वाचन नजिकिदै जाँदा एमालेले वडा कमिटीका बैठक सम्पन्न गर्नुका साथै टोल कमिटी गठनलाई तीव्रता दिएको पार्टीका सिद्धार्थनगर कमिटी अध्यक्ष चक्र बहादुर थापाले बताए । 

एमाले सिद्धार्थनगरमा सबै भन्दा बलियो पार्टी भएको हुनाले गत स्थानीय निर्वाचन भन्दा धेरै ठाउँमा जित्ने लक्ष्यका साथ पार्टीको संगठन निर्माण कार्यलाई द्रुत गतिमा अगाडी बढाइएको नगरअध्यक्ष थापाले बताए । 

एमालेले १३ वडामा ५७ वटा टोल कमिटी गठन गर्ने लक्ष्यका साथ हालसम्म विभिन्न वडाका २५ टोलका भेलामार्फत टोल कमिटी गठन गरिएको एमाले सिद्धार्थनगरका सचिव नारायण प्रसाद भण्डारीले बताए । चैत ८ गतेभित्र टोल कमिटी सम्पन्न गरी १० गतेसम्म पार्टीको कार्यालय स्थापना गर्ने, १२ गतेभित्र ३/४ सय भन्दा बढीलाई विभिन्न पार्टीबाट एमालेमा पार्टी प्रवेश गराउने, १८ गतेभित्र प्रशिक्षण कार्यक्रम राख्ने पार्टीको योजना रहेको नगर सचिव भण्डारीले बताए ।