२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

न्युजिल्याण्डद्वारा पर्यटकका लागि सीमा नाका खुल्ला

बुधवार , चैत्र २, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • विलिङ्टन, २ चैत ।
    न्युजिल्याण्डले पर्यटकहरूका लागि सीमा नाका खुल्ला गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण लामो समय सीमा नाका बन्द गर्दै आएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सीमा नाका खुल्ला गर्ने निर्णय गरेको हो । 

    त्यसै गरी विदेशी पर्यटकहरुलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सीमा नाका खुल्ला गर्नुपरेको अधिकारीले जनाएका छन् । अष्ट्रेलियाका विद्यालयमा विदाको समय सुरु भएकै बेला न्युजिल्याण्ड सरकारले यस्तो निर्णय गरेको हो । 

    स्थानीय समय अनुसार आगामी अप्रिल १२ तारिखको राति ११.५९ देखि अष्ट्रेलियाका नागरिकलाई न्युजिल्याण्ड घुम्न दिने निर्णय भएको प्रधानमन्त्री जसिन्दा अर्डेर्नले बुधबार जानकारी दिइन् ।उनका अनुसार त्यसको साढे दुई हप्तापछि खोप लगाएका छ देशका पर्यटकहरुलाई पनि न्युजिल्याण्ड प्रवेश गर्न दिइनेछ । न्युजिल्याण्डले दोस्रो चरणमा बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिंगापुरका पर्यटकहरुलाई प्रवेश खुल्ला गर्ने भएको हो । “कोरोना भाइरसको महामारी नियन्त्रण गर्न हामीले २ वर्ष अगाडि सबैभन्दा सुरुमा लिएका निर्णयहरूमध्ये सीमा नाका बन्द गर्ने निर्णय पनि एक हो,” उनले भनिन् ।

    अहिले धेरै देशमा महामारी निकै कम भएको, आफ्नो देशमा पनि नियन्त्रणमा आइसकेको र अधिकांश मानिसले खोप पनि लगाइसकेको भएकाले नाका बन्द गरिरहनु उचित नहुने ठानेर नाका खुल्ला गर्ने निर्णय गरिएको उनको भनाइ छ । (रासस÷सिन्ह्वा)