
बिहिवार , चैत्र ३, २०७८
भैरहवा, ३ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित पूर्व वडा सदस्य तथा ओमसतिया–१ का वडा कमिटी सदस्य पदमा खनाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् । खनालसहित एमालेका स्थानीय नेता गोविन्द बहादुर बगाले, धन कुमार थापा, हितेश थापा राप्रपामा प्रवेश गरेका छन् ।उनीहरुलाई राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले पार्टीमा स्वागत गरे ।
कार्यक्रममा राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, सल्लाहकार कृष्ण प्रसाद भण्डारी, ओमसतिया गाउँपालिका सचिव प्रदिप घिमिरे, नेता नारायण उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij