बिहिवार , चैत्र ३, २०७८
भैरहवा, ३ चैत ।
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर १ र २ बाट विभिन्न पार्टी परित्याग गरी १५ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राप्रपामा प्रवेश गर्नेमा काँग्रेसका क्रियाशिल सदस्य तथा समाजसेवी केशर बहादुर अधिकारी, पूर्व सैनिक कप्तानद्वय लोक बहादुर मल्ल, दुर्गा बहादुर हमाल, मोहन बहादुर घर्ती, रामु सार्की। सपना थारु, मबिमा पोख्रेल लगायत रहेका छन् ।
उनीहरुलाई राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सल्लाहकार संयोजक कृष्ण प्रसाद भण्डारीले पार्टीमा स्वागत गरे ।
कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश सदस्य विश्व प्रकाश श्रेष्ठ, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, जिल्ला सल्लाहकार संयोजक कृष्ण प्रसाद भण्डारी, जिल्ला प्रवक्ता दिलिप कुमार मल्लिक, जिल्ला सदस्य तुफेल पठान, नगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, ओमसतिया गाउँपालिका अध्यक्ष अर्जुन घिमिरे, नेताहरु प्रदिप घिमिरे, नारायण उपाध्याय, शाहरुख पठान, अब्दुल हमिद लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
