२०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

सिद्धार्थनगर–३ मा ३३ जना राप्रपामा प्रवेश

आइतवार , चैत्र ६, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ६ चैत ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा विभिन्न पार्टी परित्याग गरी ३३ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । राप्रपा सिद्धार्थनगर–३ को आयोजनामा शनिबार भएको कार्यक्रममा ३३ जना पार्टीमा प्रवेश गरेका हुन् ।

    वडा इकाईका अध्यक्ष नारायण उपाध्यायको अध्यक्षता, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यता, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, जिल्ला सल्लाहकार समिति संयोजक कृष्ण प्रसाद भण्डारी, सिद्धार्थनगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, युवक संगठन अध्यक्ष शंकर खत्री लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।