२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

राप्रपाद्वारा सिद्धार्थनगर–२ मा संगठन विस्तार

आइतवार , चैत्र ६, २०७८

भैरहवा, ६ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिएको छ । सोही क्रममा शनिबार राप्रपाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्थित जंगलटोलमा सुरेश कोहारको अध्यक्षमा ११ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा केशव थापा र सचिवमा संगिता हरिजन रहेका छन् ।

राप्रपा इकाई अध्यक्ष राजकुमार यादवको अध्यक्षता, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यता, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला सदस्य छेदीलाल श्रीवास्तव, क्षेत्र नम्बर ३ (क)का अध्यक्ष अर्जुन थापा, सुदर्शन थापा, युवक संगठन अध्यक्ष शंकर खत्री, पटेश्वरी जैसवाल, ओमनाथ कोहार, अमित श्रीवास्तव, श्याम कोहार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा १३ जना राप्रपामा प्रवेश गरेका थिए ।