२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आइतवार , चैत्र ६, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाडौँ, चैत ६। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

     साथै हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा सामान्यतया मौसम सफा भई देशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

     मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ। रासस