२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

एमालेद्वारा सिद्धार्थनगर–६ मा टोल कमिटी गठन

आइतवार , चैत्र ६, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, ६ चैत ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित चित्रगुप्त पथ र अमर पथमा टोल कमिटी गठन भएको छ ।

    टोल कमिटी गठनमा बोल्दै नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीका सचिव नारायण प्रसाद भण्डारीले स्थानीय तहको निर्वाचनमा गठबन्धन बने पनि एमालेले बहुमतका साथ निर्वाचन जित्ने दावी गरे । स्थानीय तहको निर्वाचन प्रमुख उपप्रमुख र वडाअध्यक्षसहित अत्याधिक मतले जित्छौं भण्डारीले भने, ‘पार्टी एकढिक्का भएर संगठन निर्माणका काममा र एमाले नेतृत्वको सरकारले गरेका कामहरु जनतालाई प्रष्ट बुझाऔं, जनता हाम्रै साथमा छन् ।’ कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न र जनताका बीचमा जान समेत उनले आग्रह गरे ।

    टोल कमिटी गठन कार्यक्रममा नेकपा एमाले सिद्धार्थनगर वडा नम्बर ६ का अध्यक्ष राम दयाल गुप्ता, एमाले नेता विष्णु पन्थी, वडा इञ्चार्ज नसिबदार मुसलमान, सह– इञ्चार्ज मोहम्मद अकिल मुसलमान, वडा सचिव मदन पौडेल, नगर सदस्य लता पोख्रेल, पूर्व नगर सदस्य रण बहादुर कुवंर लगायतको आतिथ्यता रहेको थियो ।