
आइतवार , चैत्र ६, २०७८
भैरहवा, ६ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ सिद्धार्थनगर, रुपन्देहीको तेस्रो पूर्ण बैठक आइतबार भैरहवामा सम्पन्न भएको छ । बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल भएको संघका नगर सचिव रोशन बहादुर थापाले बताए ।
बैठकमा सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा (एमाले) रुपन्देहीका उपसचिव हितराज पन्थीले निर्वाचनमा पार्टीलाई जिताउन युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले निर्वाचनमा एमालेलाई जिताउन युवाहरु लाग्नुपर्ने बताए ।
राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष तथा एमाले सिद्धार्थनगर नगर कमिटी सदस्य कृष्ण मल्ल ठकुरीले पुरानो र नयाँ नभनी प्रबल जित्न सक्ने नेता कार्यकर्तालाई पार्टीले उम्मेदवार बनाउनुपर्नेमा जोड दिए । उनले युवाहरुले गरेको मिहिनेतको मुल्यांकन गर्दै अगाडी बढ्नुपर्ने बताए ।
एमाले सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापा, युवा संघ सिद्धार्थनगर इञ्चार्ज नर्जुन गुरुङ लगायतले बोल्दै आगामी निर्वाचनमा एमालेलाई अत्याधिक मतले जिताउनुपर्ने बताए ।
युवा संघ सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीको अध्यक्षता, उपाध्यक्ष प्रविन आचार्यको स्वागत तथा सचिव रोशन बहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा युवा संघ सिद्धार्थनगरका सह–इञ्चार्जद्वय प्रकाशमान राजभण्डारी, विनोद थापा लगायतको आतिथ्यता रहेको थियो ।
बैठकमा राष्ट्रिय युवा संघ सिद्धार्थनगर अन्तर्गत १३ वटै वडाका अध्यक्षहरुले वडाका विषयमा रिपोर्टिङ गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij